Logo

सात महिनापछि बाइडेन र सीबीच टेलिफोन वार्ता



काठमाडौं, २५ भदौ । अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ राष्ट्रपति सी जिन पिङ्गबीच शुक्रबार टेलिफोनमार्फत कुराकानी भएको छ ।

अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइटहाउसले टेलिफोन कुराकानीको पुष्टि गर्दै दुई नेताबीच आफ्ना विचार र नीति बारेमा कुरा भएको जनाएको छ । बाइडेनले सपत लिएपछि पहिलो पटक दुई नेता बीच कुराकानी भएको हो। उनीहरुबीच करिब सात महिनापछि कुराकानी भएको हो।

पछिल्लो समय अमेरिका र चीनबीच व्यापार युद्ध जारी छ । साउथ चाइना सीबारे पनि दुई देशबीच मतभिन्नता बढ्दै गएको छ ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्