Logo

प्रचण्ड र फतिमाबीच भेटवार्ता, के–के भयो कुराकानी?



काठमाडौं, भदौ २५ । चार दिने नेपाल भ्रमणमा रहेको अमेरिकी परियोजना एमसीसीका उपाध्यक्ष फतिमा सुमारको नेतृत्वको टोलीले पूर्व प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग आज विहान भेट गरेको छ।

प्रचण्ड निवास खुमलटार पुगेर सुमार नेतृत्वको टोलीले गरेको भेटमा फतिमाले राजनीतिक दलहरू नै निर्णय गर्ने बताउँदै सकारात्मक निर्णय हुनेमा आफू आशावादी रहेको बताएकी छन् । सुमारले आफ्नो नेपाल भ्रमण कुनै दबावका लागि नभई एमसीसीबारे स्थिति बुझ्न मात्रै रहेको बताएको प्रचण्डको सचिवालयले जनाएको छ ।

भेटमा अध्यक्ष प्रचण्डले एमसीसीको विषयमा सबै राजनीतिक दलहरूबीच सहमति बनाएर अगाडि बढ्न सकिने बताएका छन् ।

भेटवार्तामा प्रचण्डको सचिवालयका प्रतिनिधि र एमसीसीका प्रतिनिधि सहभागी थिए । उनीहरुबीच करिब एक घण्टा कुराकानी भएको थियो ।

एमसीसीको टोलीले आजै प्रधानमन्त्री शेरबहादुर देउवालाई पनि भेट्ने कार्यक्रम रहेको छ । स्रोतका अनुसार फतिमाको टोलीले आजै अर्थमन्त्री जनार्दन शर्मासहितलाई पनि भेट्ने कार्यक्रम छ ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot