Logo

कुलमान घिसिङ विरुद्वको रिटमा आज सुनुवाई हुँदै



काठमाडौं, भदौ २५ । विद्युत् प्राधिकरणको निर्वतमान कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले दायर गरेको रिट उपर आज सुनुवाई हुदैछ ।

कुलमान घिसिङलाई नियुक्त गरेको बिरुद्धमा परेको रिटको सुनुवाई प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा आफैंले सुनुवाई गर्नेगरी सो रिटको पेशी तोकेका छन् ।

कार्यकारी निर्देशक पदमा ‘थमौती गरि पाउँ’ भन्दै शाक्यले साउन ३२ मा कुलमान घिसिङको नियुक्ति ‘बदर गरि पाउँ’ भन्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

भदौ ८ मा प्रधानन्यायाधीश जबराले घिसिङ र शाक्यलाई नियुक्त गर्दाको सक्कल फायल झिकाउन आदेश गरेका थिए । मन्त्रिपरिषद्ले २०७७ माघ २६ मा शाक्यलाई प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो ।

२०७८ साउन २५ मा उनलाई त्यहाँबाट हटाएर जल तथा उर्जा आयोगको उर्जा विशेषज्ञ सदस्यमा नियुक्त गरिएको थियो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot