काठमाडौं, २५ भदौ । बैंक अफ काठमाण्डूले फर्निचर वान स्टोरसँग सम्झौता गरेको छ । बैंकको अनुसार डेबिट कार्ड÷क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग बाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा बैंकको ग्राहकलाई २० प्रतिशतुम्म छुट उपलब्ध गराउने सम्झौता भएको हो ।
यस सम्झौता पश्चात् ग्राहकहरुले फर्निचर वान स्टोरबाट घर तथा अफिसको लागि आवश्यक फर्निचरहरु खरिद वापत बैंकको कार्ड तथा मोबाइल बैंकिङ्गको प्रयोग गरी भुक्तानी गर्दा वास्तविक मुल्यको २० प्रतिशतसम्म छुट पाउनेछन् ।
फर्निचर वान स्टोरले डिल्लिबजारबाट सेवाग्राहीहरुलाई आवश्यक गुणस्तरिय फर्निचरहरु बिक्री गर्दै आईरहेको छ । बैंक अफ काठमाण्डू लिमिटेडले ९० शाखा कार्यालयहरु, ८० एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहक महानुभावहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।