काठमाडौं, २५ भदौ । प्रतिनिधिसभा बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले अवरोध गरेपछि बैठक १५ मिनेटको लागि स्थगित् भएको छ । सभामुख अग्निप्रसाद सापकोटाले बैठक फेरि बस्नेगरि १५ मिनेटको लागि स्थगित् गरेका हुन् ।
बैठक सुरु हुनासाथ एमाले सांसदहरुले नाराबाजी गरेका थिए । उनीहरुले संसदीय मर्यादा कायम गर भन्दै नाराबाजी लगाएका थिए । तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम