Logo

आफ्नो कोठामा लगेर बालिका बलात्कार गर्ने पक्राउ



कास्की, २५ भदौ । जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ परेका छन् । ८ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा पोखरा महानगरपालिका- ३२ खुदीखोला सुकुम्बासी बस्तीमा बस्ने धनकुटा घर भएका ५७ वर्षीय सोवित मान लिम्बुलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

लिम्बुले ती बालिकालाई ललाई फकाई आफ्नो कोठामा लगि जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय गगनगौडाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot