२५ भदौ: बेलायतमा एकैदिन कोरोना भाइरसका ३८ हजारभन्दा बढी सङ्क्रमित फेला परेका समाचारमा जनाइएको छ । पछिल्ला केही दिनयता यहाँ भाइरसका सङ्क्रमित थपिने क्रम बढ्दै गएको पाइएको छ । यसै क्रममा त्यहाँ शुक्रबार ३८ हजार भन्दा पनि बढी सङ्क्रमित पाइएको बताइएको हो ।
त्यहाँ गएको २४ घण्टामा ३८ हजार १३ जना कोरोना भाइरसका नयाँ सङक्रमित थपिएका छन् । यो समेत गरी बेलायतमा सङ्क्रमित हुनेको सङ्ख्या ७१ लाख ३२ हजार ६२ जना पुगेको जानकारी दिइएको छ । त्यसैगरी त्यहाँ गएको २४ घण्टामा त्यहाँ १६७ जनाको कोरोनाकै कारण निधन भएको पनि बताइएको छ । त्यहाँ लामो समयपछि एकै दिन यतिधेरै मानिसको निधन भएको हो ।
पछिल्ला केही हप्तामा त्यहाँ सङ्क्रमित थपिने र मृत्यु हुनेको सङ्ख्या पनि बढेको बताइएको छ । तर धेरै पछि त्यहाँ एकै दिन १६७ जनाको मृत्यु भएको त्यहाँका स्वास्थ्य अधिकारीले जनाएका छन् । त्यहाँ यो भाइरसबाट एक लाख ३३ हजार ८८१ जनाको मृत्यु भइसकेको छ । त्यहाँ पछिल्लो समयमा लकडाउन खुला गरिएको र त्यसपछि पनि भाइरसको सङ्क्रमण बढ्दै गएको पाइएको छ । त्यसैले सरकारले त्यहाँ सतर्कता अपनाउन सार्वजनिक सूचना जारी गरिरहेको छ ।-सिन्ह्वा/Photo: Agency