Logo

नबिल बैंकले गाउँपालिकका युवालाई तालिम दिने



काठमाडौं, २५ भदौ । युवा उद्यमशिलता र स्वरोजगार प्रवद्धन गरी युवालाई आत्मनिर्भर बनाउँदै उदेश्यका साथ राष्ट्रिय युवा परिषद् र पञ्चेश्वोर गाउँपालिका बैतडीसँग नबिल बैंकले त्रिपक्षीय सम्झौता गरेको छ ।

यस समझदारी अन्तर्गत बैंकले बैतडी जिल्लाको पञ्चेश्वोर गाउँपालिकामा स्थानिय युवाहरुलाई उद्यमशिलता विकास र वित्तीय साक्षरताको आधारभूत तालिम प्रदान गरी उद्यमका लागि सक्षम बनाउन र उद्यम परियोजनाका आधारमा वित्तीय पहुँच पुराइ देशभित्रै युवा उद्यम प्रवर्दधन तथा रोजगारी सृजना गरी दिगो आर्थिक विकासमा योगदान गर्ने लक्ष्य लिएको जनाएको छ ।

ग्रामिण क्षेत्रमा पहुँच न्युन भएका वर्गलाई कृषि क्षेत्रकै व्यवसायिकरण र उद्यमशिलता विकासको लागि ल्याएको यो कार्यक्रम सुरुमा १७ वटा दुर्गम शाखाहरुबाट संचालन गरी बैंकले नबिल किसान कर्जा र नबिल उद्ममशिल कर्जा प्रवाह गर्दै आएकौ छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot