Logo

मन्त्रीको टुंगो लगाउन बालुवाटारमा सत्ता गठबन्धनको बैठक



काठमाडौं, २५ भाद्र । सत्ता गठबन्धन दलका शिर्ष नेताहरुको बैठक बालुवाटारमा जारी छ । बैठकमा मन्त्रिपरिषद विस्तारबारे महत्वपूर्ण छलफल चलिरहेको बुझिएको छ ।

बैठकमा प्रधानमन्त्री समेत रहेका नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलगायतका नेताहरु सहभागी थिए ।

यसअघि विहान बसेको बैठकमा प्रधानमन्त्री देउवाले गठबन्धनका नेताहरुलाई मन्त्रीको नाम दिन भनेका थिए ।



प्रतिक्रिया दिनुहोस्