Logo

चैत मसान्त्रभित्रै मेलम्चीको पानी उपत्यकामा ल्याइने



काठमाडौं, भदौ २६ । अर्थमन्त्री शर्माले बाढीपहिरोबाट क्षतिग्रस्त मेलम्ची खानेपानी आयोजना आव २०७८ को चैत मसान्तभित्रै आवश्यक मर्मत तथा पुनःस्थापना गरी नियमित खानेपानी आपूर्ति गर्ने दाबी गरेका छन्। ‘मेलम्चीको पानी उपत्यकामा आपूर्ति हुने प्रबन्ध मिलाइनेछ। नदी कटान एवं बाढीपहिरोका कारण भएको क्षतिको तत्काल पुनर्निर्माण र पुनःस्थापन कार्यक्रमका लागि बजेट छुट्ट्याएको छु,’ वक्तव्यमा भनिएको छ।

अन्तर्राष्ट्रिय आर्थिक सहायतालाई राष्ट्रिय हित र आवश्यकता, प्राथमिकता तथा बजेट प्रणालीमा आबद्ध गरी परिचालन गरिनेछ। यस्तो सहायता स्वीकार गर्दा परियोजनाको प्राविधिक तयारी, लाभ लागतको विश्लेषण, कार्यान्वयन क्षमता र स्वामित्व, सहायताको प्रभावकारितासमेतको आधार लिइनेछ।

सहायता प्राप्तिको सुनिश्चितता नभई बजेटमा स्रोत समावेश गरिने छैन। सरकारले बहुवर्षीय ठेक्कासम्बन्धी मापदण्ड २०७७ भित्र पर्ने, कोभिड–१९ को खोप खरिद र स्वास्थ्य सामग्री खरिद गर्न एवं मध्यमकालीन खर्च संरचनाभित्र स्रोत व्यवस्थापन अनुमान गरिएको बाहेक अन्य कुनै पनि आयोजना तथा कार्यक्रमलाई स्रोत सुनिश्चितता उपलब्ध नगराइने स्पष्ट पारेको छ। नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot