Logo

संग्रौलाको टिप्पणीः उत्ताउला सांसदलाई अदपमा राख्न नसके सभामुख जोगी हुनु बेस हो



काठमाडौं, २६ भदौ । लेखक तथा विश्लेषक खगेन्द्र संग्रौलाले उत्ताउला सांसदलाई अदपमा राख्न नसके सभामुख जोगी हुनु बेस भएको बताएका छन् । उनले सामाजिक सञ्जाल ट्वीटरमा लेख्दै यस्तो बताएका हुन् ।

उनले संसद विधिको निर्माण र पालना गर्ने, मर्यादाका लक्ष्मण रेखा कोर्ने पालना गर्ने र विवेकशील संस्कृतिको दृष्टान्त बन्ने थलो भएको भन्दै सांसदले हाकाहाकी सभामुखलाई ठोक्ने हो भन्दै कुर्लिएको भन्दै त्यस्ता सांसदलाई सभामुखले अदपमा राख्न सक्नु पर्ने बताएका छन् ।

उनले लेखेका छन्, ‘संसद विधिको निर्माण र पालना गर्ने, मर्यादाका लछुमन रेखा कोर्ने र पालना गर्ने र विवेकशील संस्कृतिको दृष्टान्त बन्ने थलो हो भन्ने सुन्या थेँ, सांसद भनिने जीव हाकाहाकी सभामुखलाई ठोक्ने हो भन्दै कुर्लिएको सुनेँ । यस्ता उत्ताउला सांसदलाई अदपमा राख्न नसके सभामुख जोगी हुनु बेस हो’ ।-File Photo



प्रतिक्रिया दिनुहोस्

Screenshot