Logo

स्थायी कमिटी बैठकमा एमसीसी परिमार्जनबिना पास गर्न नहुने प्रस्ताव लैजाँदै भीम रावल



काठमाडौं, २६ भदौ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का उपाध्यक्ष डा. भीमबहादुर रावलले एमसीसी परिमार्जन नगरी संसदबाट पारित गर्न नहुने अडान लिएका छन् । पार्टीको आज बस्ने स्थायी कमिटी बैठकमा समेत रावलले यसबारेमा छलफलको लागि प्रस्ताव लैजाने भएका छन् ।

पत्रकार ऋषि धमलासँगको कुराकानीमा रावलले एमसीसी सम्झौतामा भएका कतिपय प्रावधान देशको हितमा नभएको भन्दै ती प्रावधान परिमार्जन गरेरमात्रै अघि बढ्नुपर्ने बताए । र, यही विषय पार्टीको आज बस्ने बैठकमा समेत प्रस्तावको रुपमा लैजाने उनले जनाए । एमसीसी पारित गर्ने तयारी भैरहेको भन्दै रावलले यसअघिदेखि नै विरोध जनाउँदै आएका छन् ।

अहिले एमसीसीकी उपाध्यक्ष फातिमा सुमार नेपाल भ्रमणमा छिन् । उनले प्रधानमन्त्री शेरबहादुर देउवादेखि प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसम्मलाई भेटिसकेकी छिन् । एमसीसीबारे नेपालका दलहरुले साझा धारणा बनाउनुपर्ने आवाजसमेत उठेको छ। कतिपय संघ तथा संस्थाहरु भने एमसीसी खारेजीको माग गर्दै विरोध तथा प्रदर्शनमा समेत उत्रिएका छन् । file photo/reportersnepal



प्रतिक्रिया दिनुहोस्

Screenshot