Logo

यो संसदले केही दिन सक्दैन, अर्ली इलेक्शन उत्तम: महेश बस्नेत



चितवन, २६ भाद्र । नेकपा एमालेका नेता महेश बस्नेतले अहिलेको संसदले केही दिन नसक्ने बताएका छन् । उनले अर्ली इलेक्शन नै उत्तम विकल्प भएको तर्क गरे ।

‘यो संसदले केही दिन सक्दैन, विकृति र विसंगति मात्र जन्माउँछ,’ बस्नेतले पत्रकार भेटघाटमा भने, ‘अर्ली इलेक्सन उत्तम विकल्प हो ।’ संसदले विजनेश पनि दिन नसक्ने उनको भनाई थियो ।

बस्नेतले चुनावमा जान गठबन्धनका दलहरुलाई चुनौती दिए । उनले भने, ‘निर्वाचनमा आऊ सक्छौं भने एक्लै एक्लै आऊ सक्दैनौं भने मिलेर आऊ एमाले लड्न तयार छ ।’

अहिलेको सरकारमा नेतालाई मन्त्रीको आशा र कार्यकर्तालाई ठेक्काको आशा रहेको आरोप लगाए । कार्यकर्तालाई गठबन्धनका नेताहरुले प्रलोभनमा पारेको तर्क गरे ।

‘एमाले ज्युँदो बाघ हो मरेको बाघ सम्झेर जुँघा उलेख्न नआउनु,’ बस्नेतले चेतावनीका साथ भने । उनले धाँधली र सत्ता दुरुपयोग हुनसक्ने भएपनि आफूहरु नडराएको बताए ।-File Photo



प्रतिक्रिया दिनुहोस्