Logo

संसदमा मुठभेडको सम्भावना बढ्यो



काठमाडौं, २६ भाद्र । प्रतिनिधि सभामा मुठभेडको सम्भावना बढेको छ । नेकपा एमाले स्थायी कमिटी बैठकले संसदमा अवरोध जारी राख्ने निर्णय लिएसँगै मुठभेडको सम्भावना बढेको हो ।

शुक्रबार संसदमा संशोधित बजेट ल्याउने क्रममा एमाले सांसदहरुले अवरोध गरेका थिए । उनीहरुको नारावाजीका बाबजुद सभामुख अग्निप्रसाद सापकोटाले संशोधित बजेट पेश गर्न दिएका थिए । त्यस क्रममा तनावको अवस्था आएको थियो ।

एमालेले प्रतिनिधि सभाका १४ सांसदहरुलाई कारबाही गरेको निर्णय संसद सचिवालयमा दर्ता गरेपनि सभामुख सापकोटाले सदर नगरेको भन्दै सदनमा अवरोध गर्दै आएको छ । यसअघि अवरोध गरेपछि सभामुख सापकोटाले सदन स्थगित गरेकोमा हिजो पेलेरै चलाएका थिए ।

प्रतिनिधि सभाको बैठक २७ भाद्रका लागि डाकिएको छ । बैठकमा विधयेकहरुमाथि छलफल हुने तयारी छ ।-File Photo: Mukunda Kalikote



प्रतिक्रिया दिनुहोस्