Logo

बाग्मती प्रदेशमा कांग्रेसले आफ्नै नेतृत्वमा सरकार बनाउने, ईन्द्र बानियाँले थाले गृहकार्य



काठमाडौं, २६ भदौ । नेपाली कांग्रेसले बाग्मती प्रदेशमा आफ्नै नेतृत्वमा सरकार बनाउने भएको छ । यसअघि नेकपा (एकीकृत समाजवादी) पार्टीले आफ्नो नेतृत्वमा सरकार बनाउने भनेको थियो ।

तर, प्रधानमन्त्री एवम् पार्टी सभापति शेरबहादुर देउवापनि बाग्मतीमा आफ्नै नेतृत्वमा सरकार बनाउन चाहन्छन् । माधव नेपालले गठबन्धनका नेताहरुसँग आफ्नो पार्टीको नेतृत्वमा बाग्मतीमा सरकार बनाउनको लागि छलफल थालेका थिए । तर, सभापति देउवाले भने ग्रिन सिग्नल दिएका छैनन् । मुख्यमन्त्री अक्ष्टलक्ष्मी शाक्य अल्पतमा परेकी छिन् ।

माधव नेपालले एमाले विभाजन गरेर नयाँ दल गठन गरेपछि मुख्यमनत्री शाक्यले बहुमत गुमाएकी हुन् । बाग्मतीमा सरकार बनाउँदा कांग्रेसबाट ईन्द्रबहादुर बानियाँ नै मुख्यमन्त्री बन्ने पक्का छ । उनी कांग्रेसको बाग्मती प्रदेशका संसदीय दलका नेता पनि हुन् ।

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल पनि बाग्मतीमा सरकारको नेतृत्व कांग्रेसले नै गरोस भन्ने चाहन्छन् । बरु, प्रदेश नम्बर १ मा भने नेकपा (एकीकृत समाजवादी) लाई मुख्यमन्त्री दिने देउवा र दाहालको भद्र सहमति छ । file photo



प्रतिक्रिया दिनुहोस्

Screenshot