Logo

महालक्ष्मी विकास बैंकले ४ लाख संस्थापक शेयर विक्री गर्ने



काठमाडौं, २७ भदौ । महालक्ष्मी विकास बैंकले संस्थापक शेयर विक्री गर्ने भएको छ । कम्पनीले आफ्नो संस्थापक शेयरधनीले आफ्नो नाममा रहेको ४ लाख १० हजार १३३ कित्ता शेयर विक्री गर्नका लागि बोर्डमा निवेदन दिएको जनाएको छ ।

बैंकको निर्देशिका अनुसार पहिलो प्रथामिकता संस्थापक शेयरधनीलाई नै दिनुपर्ने भएको शेयर खरीद गर्न इच्छुक शेयरधनीले सूचना प्रकाशित गरेको मितिले ३५ दिनभित्र केन्द्रीय कार्यालय दरबार मार्गमा निवेदन दिन कम्पनीले आग्रह गरेको छ ।

उक्त अवधिमा शेयर खरीदका लागि संस्थापक शेयरधनीको आवेदन नआएमा प्रचलित कानून बमोजिम अन्यलाई शेयर विक्री गर्ने बैंकले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot