Logo

ज्ञानेश्वर चोकमा कामना सेवा बैंकद्वारा ट्राफिक बत्ती जडान



काठमाडौं, २७ भदौ । कामना सेवा विकास बैंकले काठमाडौं महानगरपालिका वडा नं. ३० ज्ञानेश्वर चोकमा ट्राफिक बत्ती जडान गरेको छ । बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत ट्राफिक बत्ती जडान गरेको जनाएको छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले ट्राफिक प्रहरी महाशाखाका प्रमुख जनक भट्टराई र काठमाडौं महानगरपालिका वडा नं. ३० का वडा अध्यक्ष दल बहादुर कार्कीको समुपस्थितिमा उक्त ट्राफिक बत्ती हस्तान्तरण गरेका हुन् ।

ज्ञानेश्वरको मुख्य चोकमा राखिएको ट्राफिक बत्तीबाट स्थानीय नागरिक, सवारी साधन तथा पैदल यात्रुले लाभ लिन सक्ने बैंकले विश्वास लिएका जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot