Logo

ओलीले भट्टलाई च्याप्दा भीम रावललाई धक्का



काठमाडौं, २७ भाद्र । सुदूरपश्चिम प्रदेशमा नेकपा एमालेभन्दा नेकपा एस प्रदेशसभामा बलियो भएपछि त्यसको समिक्षा भएको छ । नेकपा एमाले सुदूरपश्चिम प्रदेशसभामा चौंथो स्थानमा झरेको छ । यसअघि पहिलो स्थानमा रहेको दल पार्टी विभाजनपछि चौंथो स्थानमा झरेको हो ।

विगतमा भीम रावल इञ्चार्ज रहेको सुदूरपश्चिममा उनको प्रभाव बलियो देखिन्थ्यो । तर, एमाले विभाजन हुँदा १४ जना सांसद नेकपा एसमा लागेपछि रावललाई पनि धक्का लागेको छ । यसकारण उनले विगतमा निभाउँदै आएको सुदूरपश्चिम प्रदेशको इञ्चार्जको जिम्मेवारी समेत यथावत् रहेन ।

रावलले १० बुँदै कार्यान्वयनको विषय उठाउँदै विगतको जस्तै आफू उपाध्यक्ष र सुदूरपश्चिम इञ्चार्ज दुवै मागेका थिए । तर, १० बुँदे हुबहु कार्यान्वयनमा ओली सहमत भएनन् ।

सुदूरपश्चिम प्रदेशको इञ्चार्जमा माओवादी छाडेर नेकपा एमालेमा पुगेका लेखराज भट्ट नै कायम भएका छन् । भट्टले ओलीलाई कठिन घडीमा साथ दिएका थिए ।

रावलले ओलीसँग सहमति कार्यान्वयन गर्नुपर्ने भन्दै इञ्चार्जमै रहनुपर्ने जिकिर गरेका थिए । तर, ओलीले बालकोटमा बोलाएर उपाध्यक्ष भएको नेता प्रदेशका इञ्चार्ज बनिरहनुनपर्ने भन्दै साथ र समन्वयका लागि भनेका थिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot