काठमाडौं, २७ भदौ । नेपालमा पछिल्लो समय कोरोना संक्रमणदर घट्दै गएको छ । शनिबार भाइरसका ९ सय ९४ जना संक्रमित थपिएसंगै कुल संक्रमितको संख्या ७ लाख ७६ हजार ३ सय ३५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
हिजो १ हजार ३ सय ६८ जना संक्रमणमुक्त भएका छन् । हालसम्म ७ लाख ३८ हजार ३४ हालसम्म संक्रमणमुक्त हुनेको संख्या पुगेको छ ।
२७ हजार ३ सय ५५ जना संक्रमितको उपचार भैरहेको मन्त्रालयले जनाएको छ । त्यस्तै, ३ सय १७ जनाको क्वारेन्टाइन र १६ सय ४७ जना संस्थागत आइसोलेशनमा रहेका छन् । यसैगरी, २५ हजार ७ सय ८ जना होम आइसोलेशनमा रहेका छन् ।
मन्त्रालयको अनुसार १ सय २२ जनाको गम्भिर अवस्थामा भेन्टिलेटरमा उपचार भैरहेको छ भने ४ सय ५६ जनाको सघन उपचार कक्ष (आइसीयु)मा उपचार भैरहेको छ । नेपालमा हालसम्म ९५ दशमलव ७ प्रतिशत संक्रमित निको भएका छनु भने ३ दशमलव ५२ प्रतिशत संक्रिय संक्रमितको संख्या र १ दशमलव ४१ प्रतिशत मृत्यु हुनेको संख्या रहेको छ । कुल संक्रमित मध्ये ४० दशमलव ४८ प्रतिशत महिला र ५९ दशमलव ५२ प्रतिशत पुरुष रहेका छन् ।