Logo

अफगानिस्तानमा पाकिस्तान



विपिन देवः संसारमा सर्वाधिक चर्चामा रहेको विषय होः अफगानीस्तानको समस्या । उक्त मुलुकको घरेलु द्वन्द्वको पराकम्पनले विश्व राजनीतिलाई विगतमा पनि प्रभावित गरेको देखिन्छ ।

अफगास्तिानको भूराजनीतिक बनौटले उसको सामरिक महत्व छ । त्यहाँ इस्लामिक चरमपन्थीद्वारा राजनीति परिचालित र हिंसामा आधारित रणनीतिले गर्दा शक्ति केन्द्रहरूलाई पनि सन्तुलन र सम्वन्ध कायम गर्न हम्मे हम्मे परेको देखिन्छ । अफगानिस्तानको राजनीतिमा सबैभन्दा बढी प्रभाव पाकिस्तानको छ । अफगानिस्तानको भूमिवाट सोभियत संघलाई धपाउनु र अमेरिकालाई पनि छाड्न वाध्य बनाउनु पाकिस्तानको भूमिका महत्वपूर्ण रहेको छ ।

कुनै पनि विद्रोह सत्य र निष्ठाको आडमा अंकुरित हुन्छ । तालिवानीहरूको जन्म पनि यही परिपेक्षमा भएको पाइन्छ । सनु १९९४ ताका संगेसा भन्ने ठाउ‘मा तालिवानी समूहको गठन भएको थियो । यसको प्रमुख उद्देश्य अपराधिक गतिविधिलाई नियन्त्रण गर्नु थियो । मौलाना अवदुल र मुल्ला उमरले तालिवानी समुहलाई नेतृत्व गरिरहेको अवस्था थियो । कालान्तरमा तालिवानी समुह वेनजिर भुट्टो सरकारको मन्त्री नरसुला वावरको सम्र्पकमा आयो । सम्र्पक र सम्बन्ध घनीभूत हु‘दै गयो । अर्को तर्फ तालिवानीहरूको कार्यशैलीबाट अफगानिस्तानका शासक रुवानी पनि प्रभावित भएका थिए ।
आप्mनो सन्यन्त्र र सार्मथ्यलाई बलियो गर्न रुवानीले तालिवानी शक्तिलाई प्रयोग गर्न ३० लाख अमेरिकी डलर सहयोग समेत गरेका थिए । साथ साथै तालिवानी समूहले पाकिस्तानी गुप्तचर एजेन्सी आइएसआईको सम्र्पकमा पनि देखिन्छ ।

पाकिस्तानी गुप्तचर एजेन्सीको गुरुयोजनामा पाकिस्तानी पूर्व सैनिक अधिकारी कर्नल तारेकलाई आवश्यक तालिम र सैन्य सुदृढीकरणको जिम्मा पनि दिइयो । सन् १९९४ देखि १९९६ सम्म पाकिस्तानको अभिभावकत्वमा तालिवानको सैन्य क्षमतामा प्रचुर मात्रामा वृद्धि भएको देखिन्छ । तालिवानीहरूको सम्र्पक अलकाइदा, चेचेन, उजवेग, ताजवेग जस्ता विभिन्न विद्रोही समुहरूकै पनि हु‘दै गयो । तर पाकिस्तानले आप्m्नो दृष्टिकोण जल्लाउदीन हमानीमा केन्द्रित गर्यो । जल्लाउदीन धर्म गुरु हु‘दै लडाकाहरुका नेतृत्व गरेका थिए । जल्लाउदीनको दायित्व धर्मको नाउँमा इस्लामिक राष्ट्रहरूबाट आर्थिक सहयोग जम्मा गर्नु थियो । जलाउदीनका छोराहरू विभिन्न किसिमका लागु पद्धार्थ र आतंकवादी गतिविधिमा संग्लन थिए । यही सिलसिलामा जलाउद्धीनका छोराहरू नसीर, सिराज र वसरुदीन विभिन्न घटना क्रममा मारिए । अर्को शब्दमा भन्ने हो भने जलाउद्धीनले हकानी समूहको नेतृत्व गरेका थिए । हालका दिनमा पनि तालिवानी समूहहरूमा हकानी ग्रुपको क्षमता अधिक देखिन्छ ।

तालिवानीले अफगानीस्तानको अधिंकाश भू भाग आफ्नो नियन्त्रणमा लिए पछि विश्वका शक्ति केन्द्रहरू आप्mनो सामरिक स्वार्थ अनुसार कूटनीति परिचालित गरिरहेको देखिन्छ । यस सन्र्दभमा अमेरिकी विद्वान डा. कृष्टिना फेयरले पाकिस्तानको सक्रियतालाई मध्य नजर गर्दै तालिवानीहरूको गतिविधि र अफगानीस्तानीहरू व्यथा र पिडालाई तथ्यात्मक रुपले विश्लेषण गरेकी छिन् । जर्ग डाउन विश्व विद्यालयका प्रधाध्यपकको रुपमा कार्यरत रहेकी डा. फेयरले “अन्डरस्टायण्डीग लसकरेतयावा” भन्ने पुस्तक समेत प्रकाशित गरेकी छिन् । एक अन्तरवार्तामा डा. फेयरले प्रष्ट गर्दै के भनेकी छिन् कि पाकिस्तानको सैनिकले आफ्नो सात दशकको इतिहासमा दुईवटा युद्ध जित्न सफल भएका छन् ।

पाकिस्तानका सैनिकले पहिलो युद्धमा पाकिस्तानको लोकतन्त्रलाई हराएका छन् भन्ने दोस्रो युद्धमा अफगानीस्तानमा लरखाराइरहेका प्रजातन्त्रलाई घाँटी निमोठेका छन् । पाकिस्तानको नीतिलाई उल्लेखित गर्दै डा. फेयरले उद्घोष गरेकी छिन कि पाकिस्तानको प्रमुख उद्देश्य नै अफगानिस्तानमा अराजकता कायम गर्नु हो । यस सन्र्दभमा डा. फेयरले अमेरीकी नीतिलाई पनि प्रश्नको घेरामा राखेकी छिन् ।

विगतका दिनमा जर्ज बुस, ओभामा, ट्रम्प र वाइडेनको नीतिले गर्दा अफगानिस्तानको अवस्था गम्भीर भएको उनको आरोप रहेको छ । अर्थात् अमेरिकी जनताको २० खर्ब अमेरिकी डलर र दुई हजार सैनिकको मृत्युले पनि अफगानिस्तान जनतालाई कल्याण नभएको डा. फेयरको भनाई रहेको छ । अमेरिकी नीतिले गर्दा चीन, रुस, पाकिस्तान र इरानको चर्तुभुनीय समिकरण बढिरहेको अवस्था जगजाहेर रहेको छ । तालिवानी नेताहरू चीनिया विदेश मन्त्रीसंग भेट्नु र चीनको दूतावास काबुलमा सुचारु हुनु, चीनले आर्थिक मद्दत घोषणा गर्नु जस्ता परिघटनाले चीन र तालिवानको सम्बन्ध मुखरित हुन्छ । हुनतः तानाशाही शासन व्यवस्थासंग गठजोड गर्ने चीनिया कम्युनिष्ट पार्टीको योजना नै रहेको छ । अर्थात् म्यानमार, उत्तर कोरीया, पाकिस्तान हु‘दै तालिवानसंग चीनको सम्वन्ध सुमधुर रहेको छ ।

सन् १९९० मा पनि चीनले तालिवानीहरूलाई सहयोग गरेको कुरा न्युर्योक टाइम्सले उल्लेख गरेका छन् । ११ सेप्टेम्बर सन् २००१ मा अमेरिकामा आतंकवादी हमला हुन अघि ओसामा विन लादेन समेत चीनसँग सहयोग पाएको कुरा डा. फेयरले उल्लेख गरेकी छिन् । त्यसकारण चीनले गरेको मुस्लिम समुदायमाथिको दमनलाई लादेनले कहिले प्रश्न गरेको तर्क गरेकी छिन् ।

अहिले अफगानिस्तानीहरूको अवस्था नाजुक र पिडादायी छ । पाकिस्तानमा शरण लिएका अफगानिस्तानीहरूले निरिह प्राणी जस्तै जीवन बिताइरहेका छन् । वास्तवमा पाकिस्तानको तालिवानी गतिविधिले पाकिस्तानमा कस्तो प्रभाव गर्ला भन्ने आपैmमा यक्ष प्रश्न हो । कट्टरपन्थी इस्लाम समूहहरुको दबदबा हुने वित्तिकै पाकिस्तानमा आतंकवादी गतिविधि वढ्न सक्ने, पश्चिमा शैलीको शिक्षा कमजोर हुने, महिला स्वतन्त्रता कुन्ठित हुने, प्रजातन्त्र पूर्ण रुपमा संकटमा पर्ने र समाजमा हिंसात्मक गतिविधि वढ्ने जस्ता परिघटना हुन सक्दछ जसले गर्दा पाकिस्तान पछौटेपनको शिकार हुनेछ र सैनिक शासकको पहुच, दबदबा र वर्चस्व दिन प्रतिदिन पाकिस्तानमा वढ्न सक्ने छ । यस अर्थमा पाकिस्तानको हितमा पनि अहिलेको अफगानिस्तानको घटना भविष्यसम्मका लागि प्रतिकूल हुनसक्छ ।

 



प्रतिक्रिया दिनुहोस्