![](https://reportersnepal.com/wp-content/uploads/2021/09/parliament-meeting-7-768x512.jpg)
काठमाडौं, २७ भदौ । प्रतिनिधिसभा बैठक सुरु हुनासाथ नेकपा (एमाले) का सांसदहरुले नाराबाजी गरेपछि सभामुख अग्निप्रसाद सापकोटाले आफ्नो अधिकार प्रयोग गर्दा अरु सांसदहरुको अधिकार संकुचन गर्न नहुने बताएका छन् । सांसदहरुले सभामुखविरुद्ध नै नाराबाजी लगाईरहेका थिए ।
सोही क्रममा सभामुख सापकोटाले यस्तो बताएका हुन् । त्यतिमात्रै होईन, सभामुखले प्रतिनिधिसभाको नियामावली २१ पनि सम्झाएका थिए । उनले भने,‘विश्वव्यापी मान्यता छ, आफ्नो अधिकारको कुरा गर्दा अरुको अधिकारको पनि ख्याल गर्नुपर्छ अरु सांसदहरूले पनि बोल्ने अधिकारका लागि वातावरण बनाइदिनुहोस्, आफने अधिकारको कुरा गर्दा अरुको अधिकारको पनि ख्याल गर्नुहोस् ।’ Photo By: Mukunda Kalikote/ReportersNepal