Logo

वौद्धबाट ७ जना जुवाडे पक्राउ



काठमाडौं, २७ भदौ । तास खेलिरहेको अवस्थामा ७ जना पक्राउ परेका छन् । गोकर्णेश्वर नगरपालिका ४ माकलबारीस्थित टहरामा तास खेलिरहेको अवस्थामा सोही टहरामा होटल संचालन गरी बस्ने खोटाङ घर भएकी ३५ वर्षीया लता राई समेत ७ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

उक्त टहरामा राईले जुवातास खेलाईरहेको सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त वौद्धबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ३५ हजार ६ सय ८५ रुपैयाँ र १ बुक तास सहित फेला पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ । उनीमाथि थप आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले बताएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot