![](https://reportersnepal.com/wp-content/uploads/2021/09/parliament-meeting-7-768x512.jpg)
काठमाडौं, २७ भदौ । प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा संसद्को अवरोध खुलाउनको लागि प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का नेता खगराज अधिकारी र प्रमुख सचेतक विशाल भट्टराईसँग छलफलमा छन् ।
आजको बैठक सुरु हुनासाथ एमाले सांसदहरुले नाराबाजी गरेका थिए । बैठकमा अवरोध गरेपछि सभामुख एमाले सांसदहरुसँग छलफलमा बसेका हुन् । उक्त छलफलमा सरकारको तर्फबाट कानून, न्याया तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्की पनि छन् ।
Photo By: Mukunda Kalikote/ReportersNepal