Logo

विपी कोइराला स्वास्थ्य प्रतिष्ठानका कर्मचारी एकसातापछि काममा फर्किए



काठमाडौं, २७ भदौ । विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आन्दोलित चिकित्सक तथा कर्मचारीहरु एकसातापछि काममा फर्किएका छन् ।

स्वास्थ्य मन्त्रालयले एक सुचना जारी गर्दै आज आन्दोलनरत पक्षले उठाएका धेरै माग सम्बोधन गरिसकेको र केही विषयमा अनुसन्धान गरिरहेको भन्दै आन्दोलन फिर्ता गर्न आग्रह गरेपछि स्वास्थ्यकर्मीहरु काममा फर्किएका हुन् । आजैदेखि ओपिडी सहतिका अन्य सेवाहरु सुचारु भएका छन् ।

पदाधिकारी चढ्ने गाडीको चाबी भने अझै आन्दोलितको नियन्त्रणमा रहेको छ । त्यस्तै, उपकुलपतिसहितका पदाधिकारीको कार्यकक्षमा लागेको तालाबन्दी पनि यथावत रहेको जनाइएको छ ।

मन्त्रालयले २५ प्रतिशत सिनेटरले हस्ताक्षर गरी कु्लपति समक्ष पेस गरिसकेको र चाँडै नै उपयुक्त समयमा प्रक्रिया अनुसार छानबिन गरी पदाधिकारीको कारबाही प्रक्रिया सिनेटबाटै अघि बढाइने समेत जनाएको छ ।

भदौ २० गतेदेखि इमजेन्सी, कोभिढ–१९ र पुर्वनिर्धारित परीक्षा बाहेकका सेवा अबरुद्ध गरीरिहेको अवस्थामा मन्त्रालयले आन्दोलन फिर्ता लिन आग्रह गरेको थियो ।

उपकुलपति प्राध्यापक भएको भन्ने प्रमाण प्राप्त नभएकोले प्रचलित कानुन बमोजिमको प्रक्रिया शुरु भैसकेको पनि मन्त्रालयले जनाएको छ । उच्चस्तरिय छानबिन आयोग सिनेट बैठकबाट नै गठन हुने पनि जनाइएको छ।



प्रतिक्रिया दिनुहोस्