Logo

मुक्तिनाथ बैंकले गर्यो ५ संस्थालाई आर्थिक सहयोग



काठमाडौं, २८ भदौ । मुक्तिनाथ विकास बैंकले ५ विभिन्न संस्थालाई आर्थिक सहयोग गरेको छ । बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत प्रदेश १ र २ मा वित्तीय साक्षरताको अभियानमा सहयोग पुग्ने गरी ‘फाइनान्सीयल डिजिटलाइजेसन लिट्रेसी’ लागि ५० हजार रकम मिडिया इन्टरनेसनललाई सहयोग गरेको हो । यसैगरी कास्कीको मालपोत कार्यालयमा सेवाग्राहीहरु बस्ने प्रतिक्षालयको लागि ३ थान फलामको सहयोग गरेको जनाएको छ ।

यसका साथै बैंकले बालबालिकाको शिक्षाको लागि निमित्त रेश्ट फाउन्डेसन अन्तरगत हेरचाह गरिएका आर्थिक स्थिति कमजोर भएका बालबालिकालागि चाहिने किताबको दराजको निमार्ण गर्न ४० हजार सहयोग गरेको छ ।

बैंकको अनुसार भैसेपाटीस्थित प्रगती युवा क्लबले आयोजन गरेको रक्तदान कार्यक्रमका लागि पनि आर्थिक सहयोग गर्नुको साथै आर्थिक स्थिति कमजोर भएका कास्की जिल्ला पोखरा महानगरपालिका वडा नं २२ का २८ वर्षीय प्रकास बरालको मृगौला प्रत्यारोपनपणका लागि ५० हजार सहयोग गरेको छ । बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्न एटिएम कार्ड प्रयोग गरी नेपालभरी रहेको भिसा नेटवर्कमा आवद्ध अन्य जुन सुकै बैंकको एटिएम मेसिनबाट निशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ ।

 

 



प्रतिक्रिया दिनुहोस्