काठमाडौं, २८ भदौ । नेत्रबिक्रम चन्द ‘विप्लव’नेतृत्वको नेकपाले एमसीसी खारेजीको माग गर्दै विरोध सभा आयोजना गरेको छ । काठमाडौंको खुल्लामञ्चमा आयोजना गरेको विरोध सभालाई महासचिव विप्लवले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
उक्त पार्टीले एमसीसी राष्ट्रघाती भएका ठहर समेत गरेको छ ।