Logo

विष्णु माझीलाई खोज्दै मानवअधिकार आयोग पुग्यो माइतीघरमा



काठमाडौं, २८ भदौ । यतिबेला चरी जेलैमा गीत लोकप्रीय छ । यो गीतका कारण गायिका विष्णु माझी खोजीमा परेकी छिन् । गीत जस्तै उनको जीवन मिल्दोजुल्दो भएको चर्चा चलेको छ ।

माझी मिडियामा सायदै आउछिन् । उनी परिवारबाटै बन्धक बनाइएकी हुन् वा होइनन् ? त्यसको खोजी हुन थालेको छ ।
राष्ट्रिय मानवअधिकार आयोगले माझीको पछिल्लो अवस्थाको बारेमा अनुसन्धान सुरु गरेको छ । आयोगको पत्रको आधारमा स्थानिय प्रहरी उनलाई खोज्न माइती गाउँसम्म पुगेको छ । स्याङ्जामा पुगेपनि उनको अवस्था पत्ता लागेन् ।

उनको पछिल्लो अवस्था पत्ता लगाउन आयोगले स्याङ्जा प्रशासनलाई निर्देशन दिएअनुसार स्थानिय प्रहरीको टोली उनको माइतीघर पुगेको थियो । तर, घरमा कोही नभेटिएको प्रहरीको भनाई छ ।

अनौपचारिकरुपमा बुझ्न जाँदा उनको माइतीमा कोही नरहेको र बुवाआमा बितिसकेको हुनाले थप जानकारी पाउन नसकेको प्रहरीले जनाएको छ । यसअघि पनि विष्णुमाझीको अवस्थाबारे २०७५ सालमा जिल्ला प्रशासन कार्यालयले चासो राखेको थियो ।

त्यत्तिबेला विष्णु श्रीमान सुन्दरमणी अधिकारी सहित पुस २ गते प्रशासन पुगेकी थिइन् । सोधपुछको क्रममा विष्णुले आफुमाथि श्रीमानले कुनै पनि गलत व्यवहार नभएको स्पष्ट पारेकी थिइन् । उनलाई श्रीमानले बन्धक बनाएर राखेको बाहिर चर्चा चलेको छ । अहिले चर्चामा रहेको गीत चरी जेलैमा उनकै श्रीमान सुन्दरमणि अधिकारीको लेखन तथा संगित रहेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot