Logo

विभिन्न कम्पनीमा जागिर लगाई दिन्छु भन्दै ठगी गर्ने युवक पक्राउ



कास्की, २८ भदौ । विभिन्न कम्पनीमा जागिर लगाई दिन्छु भन्दै ठगी गरेको अभियोगमा पक्राउ एकजना युवक पक्राउ परेका छन् । विभिन्न कम्पनीमा जागिर लगाई दिन्छु भन्दै ठगी गरेको अभियोगमा पोखरा महानगरपालिका २७ तालचोक बस्ने स्याङ्जा फेदीखोला गाउँपालिका ४ घर भएका २१ वर्षीय कृष्ण पौडेललाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो ।

पिजि रियल स्टेट एण्ड जब लिंक नामक संस्था सञ्चालन गरी उनले विभिन्न कम्पनीमा जागिर लगाई दिन्छु भन्दै प्रतिव्यक्ति २ हजार ५ सय रुपैयाँको दरले पैसा उठाई काममा नलगाई ठगी गरेको भन्ने सूचानको आधारमा खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ ।

उनीमाथि जिल्ला अदालत कास्कीबाट ठगी (आपराधिक लाभ, विश्वासघात) मुद्दामा ७ दिन म्याद थप गरी अनुसन्धान प्रकृया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले बताएको छ ।



प्रतिक्रिया दिनुहोस्