Logo

नेपाललाई सिरीया बनाउन दिँदैनौः नेता गजुरेल



काठमाडौं, २८ भदौ । देशभक्त गणतान्त्रिक मोर्चा नेपालका संयोजक सिपी गजुरेलले एमसीसी राष्ट्रघाती भएको बताएका छन् । नेत्रबिक्रम चन्द ‘विप्लव’नेतृत्वको नेकपाले एमसीसी खारेजीको माग गर्दै गरेको विरोध सभालाई सम्बोधन गर्दै गजुरेलले अमेरिकाले नेपालमा युरेनियमको परमाणु भएको थाहा पाएरे नेपाल कब्जा गर्न खोजेको आरोप लगाए ।

नेता गजुरेलले भने,‘अमेरिकाले बहुमुल्य धातु भएका खानी स्थानमा संचालन भएका प्रोजेक्टहरु हात लिन खोजिरहेको छ ।’ उनले अमेरीकाले नेपाललाई आँखडा बनाएर दुस्मन चीनसँग लड्न चाहेको पनि स्पष्ट पारे । अमेरिकाले आँखडा बनाउन पाएमा मात्र नेपाल आउने उनले जकिर गरे ।

अमेरिकाले नेपाली जनतालाई साच्चै नै निस्वार्थ सहयोग गर्छ भने नेपालीहरु स्वागत गर्न तयार रहेको भन्दै तर, एमसीसी भने नचाहिने स्पष्ट पारे । एमसीसी सम्झौतापछि देश रणमैदान हुने उनको भनाई थियो । नेता गजुरेलले नेपाललाई सिरीया बनाउन नदिने पनि उद्घोष गरे । नेपाली जनता सरकार, एमसीसी जस्ता विभिन्न कारणले दिक्क भएको समेत उल्लेख गरे ।

सरकारमा भएका र प्रतिपक्षमा भएका बाहेक सबै कम्युनिस्ट एक हुनुपर्ने उनको भनाई थियो । सच्चा क्रान्तिकारी एकजुट हुनुपर्नेमा उनले जोड दिए । बामपन्थीहरु मिल्नु अहिलेको आवश्यकता रहेको भन्दै एकजुट हुन सबै क्रान्तिकारी शक्तिहरुलाई आग्रह गरे । देश रहे मात्र पार्टीको झण्डा फहराउला भन्दै उनले पहिला एमसिसीविरुद्ध लड्नुपर्ने बताए ।



प्रतिक्रिया दिनुहोस्