२९ भदौ । क्यामरुनको एंगोलोफोनमा भएका पछिल्ला भिडन्तहरुमा परी कम्तीमा पनि नौ जना सैनिकको ज्यान गएको सेनाले जानकारी दिएको छ । साथै ती भिडन्तहरुमा परेर चार जना पृथकतावादी पनि मारिएका छन् ।
प्राप्त समाचारअनुसार त्यहाँका पृथकतावादीहरुले पछिल्लो हप्ता गरेको आक्रमण र त्यसमा सेनाले गरेको कारबाहीका क्रममा उनीहरु मारिएका छन् ।
उक्त एंगोलोफोनमा त्यहाँका पृथकतावादीहरुले पछिल्लो चार वर्षयता हिंसात्मक विद्रोह गरिरहेका छन् । सो क्षेत्रमा त्यहाँको सेनाले पनि कारबाहीको प्रक्रिया जारी राखेको बताइएको छ । उनीहरुले यहाँ अलग्गै राज्यको माग राखेर पृथकतावादी आन्दोलन चलाइरहेका छन् ।-सिन्ह्वा