Logo

श्रीमती र गर्लफ्रेन्डको मद्दतले युवकले गरे छोराको हत्या



एजेन्सी, २९ भदौ । भारतको बैंगलोरमा युवकले श्रीमती र गर्लफ्रेन्डको मद्दतले आफ्नो १० वर्षे छोराको हत्या गरेका छन् । बालकको शरीरलाई गाड्न र अपराध लुकाउन पुरुषले श्रीमती र गर्लफ्रेन्डको मद्दत लिएको प्रहरीले जनाएको छ ।

३० वर्षीय सुसिल कुमारले फेब्रुअरी ७ मा श्रीमती र गर्लफ्रेन्डको मद्दतले हत्या गरेको खुलेको हो । बालकको हत्या गरी शवलाई तामिल नाडुको जंगलमा लगी लुकाउन उनलाई श्रीमती र गर्लफ्रेन्डले मद्दत गरेको थियो ।

छोराको हत्या गर्ने पिताले नै प्रहरीमा आफ्नो बच्चा हराएको उजुरी ६ महिनापछि दिन गएका थिए । त्यस बेला नै प्रहरीले उनीमाथि आशंका गरको थियो । प्रहरीको भनाईलाई उदृत गर्दै सञ्चारमाध्यम इन्डिया टुडेले लेखेको छ ,‘हामीलाई आश्र्चय लाग्यो की बच्चा हराएको ६ महिनापछि उजुरी दर्ता गराउन उनको अभिभावक आए । त्यस बेला नै हामीले अभिभावक माथि नै शंका गर्यो ।’

कुमार विभिन्न निजि कम्पनीमा काम गर्दै आएका थिए । उनकी श्रीमती र गर्लफ्रेनड एउटै गार्मेन्ट फ्याक्ट्रिमा काम गर्ने गर्थिन । प्रहरीले अनुसन्धान थालेपछि उनको गर्लफ्रेन्डको नाम प्रकाश पारिएको थियो ।

अनुसन्धानको क्रममा कुमार र उनकी गर्लफ्रेन्डले केही नबोल्ने कुराहरु प्रहरीलाई बताएका थिए । सोही आधारमा थप अनुसन्धान गर्दा प्रहरीले बच्चाको टाउकोमा फलाम प्रहार भएको बताएको थियो । प्रहरीका अनुसार कुमारकी श्रमतीले उनलाई विवाहोत्तर सम्बन्ध राखेको भन्दै गाली गरिहरहेकी थिइन् सोही समयमा उनको छोराले पनि कुमारलाई केही भनेको थिए ।

त्यसपछि कुमार झन आक्रमक भएका थिए । र, पछि उनले आफ्नो गर्लफेन्डको अगाडि बच्चाका हत्या गरिदिए । श्रमती कामबाट घर फर्किएपछि कुमार र उनकी गर्लफ्रेन्डले हत्या गरको विषय खुलाए । त्यसपछि तीनै जनाले मिलेर बालकको शवलाई गाडिमा राखि जंगल लगेर गाडेका थिए । तीनै जना अहिले प्रहरीको हिरासतमा छन् ।-Symbolic Photo



प्रतिक्रिया दिनुहोस्

Screenshot