![](https://reportersnepal.com/wp-content/uploads/2018/09/41479945_1643998572379020_3405325134859337728_n-768x432.jpg)
मुग्लिन, ३० भदौ । पहिराका कारण अवरुद्ध मुग्लिन–नौबिसे सडक सञ्चालनमा आएको छ । गए राति २ः०० बजेदेखि अवरुद्ध सडक पहिरो हटाएसँगै अहिले दुइतर्फी सञ्चालनमा आएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।
पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–५ नाग्दीखोला नजिकै सडकमाथिबाट पहिरो खसेपछि सडक दुईतर्फी अवरुद्ध बनेको थियो । सडक सञ्चालन भएसँगै सवारी साधन गन्तव्यतर्फ लागेका छन् ।