Logo

सांसद शाहीको घोषणा : म कतैबाट परिचालित भएको कसैले पुष्टी गरे राजनितीबाटै सन्यास लिन्छु



काठमाडौं, ३० भदौ । सत्तारूढ दल नेपाली काँग्रसकी सांसद रंगमती शाहीले चीनले नेपालको भू–भाग मिचेको दाबी गरिन् । आफु कतैबाट पनि परिचालित नभएको उनको स्पष्टोक्ति थियो । सांसद शाहीले आफु कतैबाट परिचालित भएको कसैले पुष्टी गरे राजनीतिबाटै सन्यास लिने पनि घोषणा गरिन् ।

हिजो (मंगलबार) राति प्राइम टाइम्स टेलिभिजनबाट प्रसारण भएको ‘जनता जान्न चाहान्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएकी हुन् ।१२ नम्बरको पिल्लर नयाँ हालीएको बताउँदै पिल्लर सार्दा स्थानीय प्रशासन र स्थानीय जनतालगायत आफुहरु कसैलाई पनि कुनै जानकारी नआएको बताईन । चीनले नेपालतर्फको ६ नम्बर पिलरलाई आफुतिर घेरेर राखेको समेत उनको दाबी छ । साथै, चीनसँग आफ्नो कुनै दुश्मनी नभएको भन्दै हुम्ला भारतभन्दा चीनसँग नजिक रहेकोले आफुहरु चीनसँग मिलेर बस्न चाहेको उनले बताईन् ।

 



प्रतिक्रिया दिनुहोस्