
काठमाडौं, ३० भदौ । साताको कारोबारको चौथो दिन आज नेप्सेमा उच्च अंकको गिरावट आएको छ । सबैभन्दा बढी अरुण भ्याली हाइड्रोपावर कम्पनीको शेयर कारोबार उच्च भएको छ । कम्पनीको आज २२ करोड १४ लाख बढीको कारोबार भएको हो ।
यसैगरी, सानिमा लाइफ इन्स्योरेन्स कम्पनीको १७ करोड २ लाख रुपैयाँको शेयर कारोबार भएको नेप्सेले जनाएको छ । आइसीएफसी फाइनान्स कम्पनीको १५ करोड ३८ लाख, रैराङ हाइड्रोपावर कम्पनीको १४ करोड २८ लाख, नेशनल हाइड्रोपावर कम्पनीको १३ करोड २० लाख बढीको आज शेयर कारोबार भएको छ ।