Logo

ग्लोबल आइएमई बैंक र त्रिभुवन विश्वविद्यालयको सहकार्यमा वृक्षारोपण



काठमाडौं, भदौ ३१ । ग्लोबल आइएमई बैंक लिमिटेड र त्रिभुवन विश्वविद्यालयको सहकार्यमा विश्वविद्यालय क्याम्पस, प्राणीशास्त्र विभाग परिसरमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरिएको छ ।

वृक्षारोपण कार्यक्रमको समुद्घाटन त्रिभुवन विश्वविद्यालय जुलोजी विभाग प्रमुख प्राध्यापक तेजबहादुर थापा तथा बैंकका कीर्तिपुर शाखा प्रबन्धक शोभा न्यौपानेले गरेको जारी विज्ञप्तिमा उल्लेख छ ।

विश्वविद्यालय क्याम्पस जुलोजी विभाग परिसरको हरियाली दृश्य र स्वच्छ विश्वविद्यालय परिसर निर्माणको अभियानअन्र्तगत विभागीय भवनदेखि मूल सडकसम्मकरिब चाँप, धुपी तथा विभिन्न प्रजातीका विरुवाहरुरोपण गरी विरुवाको सुरक्षाको लागि “ट्रि गार्ड” समेत लगाइएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot