Logo

नेपाल बिटुमिन तथा ब्यारेल उद्योगको एकै पटक तीन वर्षको साधारणसभा



काठमाडौं, भदौ ३१ । नेपाल बिटुमिन तथा ब्यारेल उद्योग लिमिटेडको भर्चुअलमार्फतबाट तीन आर्थिक वर्षको साधारणसभा भएको छ । उद्योगले कोरोना महामारीको संक्रमणको कारणले एकैपटक तीन वर्षको, ३०,३१ र औं ३२ औं साधारणसभा बुधबार सम्पन्न भयो । उद्योगका प्रबन्ध सञ्चालक श्री प्रदीपकुमार श्रेष्ठले कोभिड १९ महामारीको कारणले भर्चुअलमाध्यमबाट साधारणसभा गरिएको बताए ।

प्रबन्ध सञ्चालक प्रदीपकुमार श्रेष्ठले आ.व. २०७४/०७५, २०७५/०७६ र २०७६/०७७ मा लकडाउन तथा निशेधाज्ञा लगायतका कारणले मुनाफा आर्जनमा केही कमी भएको बताए ।सडक निर्माणका लागि आधारभूत वस्तु बिटुमिन तथा बिटुमिन इमल्सन उत्पादन गर्ने यस उद्योगलाई निजीकरण गरिएका उद्योगहरूमध्ये नमूना उद्योगका रूपमा विकसित गर्दै लैजान आपूm तथा सञ्चालक समिति लागिपरेको उनले बताए ।

कम्पनीले अन्य प्रदेशहरूमा डिलर नियुक्त गरी बिटुमिनको बजार बिस्तार गर्ने योजना रहेको जनायो । शेयरधनीहरूको तर्पmबाट अमृतनाथ रेग्मी र डमरू बल्लभ घिमिरेले कोभिड १९को काराले असहज परिस्थितिको बावजुत पनि मुनाफा कमाउन सफल भएको दावी गरे ।

 

 



प्रतिक्रिया दिनुहोस्

Screenshot