काठमाडौं, ३१ भदौ । सत्तारुढ दल नेपाली काँग्रसका नेता धनराज गुरुङले सुन घोटाला काण्डमा मुछिएका पशुपति क्षेत्र विकास कोषका तत्कालीन कोषाध्यक्ष मिलन थापालाई सरकारले सदस्य सचिवमा नियुक्त गर्नु गलत भएको बताएका छन् । उनले सामाजिक सञ्जाल ट्वीटरमा लेख्दै यस्तो बताएका हुन् ।
नेता गुरुङले आफ्नै पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री शेरबहादुर देउवालाई उक्त निर्णय सच्चाउन अनुरोध गरेका छन् । साथै, उनले यति ठुलो भ्रष्टचार काण्डमा मुछिएकालाई उल्टै पदोन्नति गर्नु गलत भएको भन्दै यसको विरुद्धमा बोल्न सबैलाई अनुरोध गरेका छन् ।
उनले लेखेका छन्, ‘भ्रष्टहरु काँग्रेस र कम्युनिष्ट हुँदैनन्, यस्तो गम्भीर विषयमा मुख सिलाएर बस्नेहरु पनि अपराधी हुन् ।’
यति ठुलो भ्रष्टाचार काण्डमा मुछिएकालाई उल्टै पदोन्नति नियुक्ति गरिएकोले बिरुद्धमा सबै बोलौं। भ्रष्टहरु कांग्रेस कम्युनिस्ट हुँदैनन्। यस्तो गम्भीर विषयमा मुख सिलाएर बस्नेहरु पनि अपराधी हुन्।
— Dhan Raj Gurung (@dhanrgrg) September 16, 2021