![](https://reportersnepal.com/wp-content/uploads/2021/06/handcuffed-man-front-view-close-up.jpg)
भक्तपुर, ३१ भदौ । नगद ३ लाख लुटपाट गरेको अभियोगमा एक युवक पक्राउ परेका छन्। मध्यपुर ठिमी नगरपालिका १ लोकन्थलीबाट नगद ३ लाख लुटपाट गरेको अभियोगमा काठमाडौं कीर्तिपुर बस्ने बैतडी घर भएका २६ वर्षीय लव जित भट्टलाई बुधबार राति प्रहरीले पक्राउ गरेको हो ।
लवले आफ्नै काकालाई बिदेश पठाईदिन सहयोग गरी दिन्छु भनि लोकन्थलीमा लगेर उक्त नगद लुटेको खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।