Logo

प्रचण्ड विलय हुने ओलीको ठोकुवा



काठमाडौं, ३१ भाद्र । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड राजनीतिक रुपमा विलय हुने दिशातर्फ बढिरहेको टिप्पणी गरेका छन् । उनले प्रचण्डलाई विमानसँग तुलना गर्दै उडेपछि सानो सानो हुँदै विलयको अवस्थामा रहेको बताए ।

‘प्रचण्डलाई थाहाभइसक्यो यात्रा सानो सानो हुँदै जान्छ,’ ओलीले एमालेको काठमाडौं जिल्लास्तरीय प्रशिक्षणमा भने, ‘जाँदा जाँदै हराउँछ, प्रचण्डपथ त्यही हो ।’

लहडको भरमा प्रचण्डको पछाडि नजान आग्रह गरे । उनले भने, ‘पार्टीको कार्यकर्ता कि प्रचण्डको घरेलु कार्यकर्ता ?’

प्रचण्ड र माधव नेपालले केही दिन नसक्ने बताए । सरकारमा मन्त्री दिन्छु भनेकोमा दुई महिनासम्म केही दिन नसकेको टिप्पणी गरे ।

आफू प्रधानमन्त्री हुँदा प्रचण्डलाई ८ मन्त्रालय दिएको भन्दै अहिले २ वटा मात्र पाएर बसेको बताए ।

Photo By: Mukunda Kalikote/ReportersNepal



प्रतिक्रिया दिनुहोस्

Screenshot