विराटनगर, ३१ भदौ: प्रदेश नं १ प्रदेशसभाको नवौँ तथा हिउँदे अधिवेशन आउँदो असोज २२ गते देखि सुरु हुने भएको छ ।
संविधानको धारा १८३ को उपधारा(१) बमोजिम प्रदेश प्रमुख सोमनाथ अधिकारी‘प्यासी’ले अधिवेशन आह्वान गरेका हुन् ।
प्रदेशसभा नियमावली, २०७४ को नियम ३ को उपनियम(१) बमोजिम सो दिन मध्याह्न २ बजे उपस्थित हुन प्रदेशसभाका सबै सदस्यलाई जानकारी गराइएको प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिए ।-रासस/File Photo