Logo

माधव नेपाल एमसीसीविरुद्ध खुले, गठबन्धन भत्काउन खोजिएको टिप्पणी



काठमाडौं, १ असोज । आज एकादशी तथा विश्वकर्मा पूजा । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले साइत पारेर पार्टी कार्यालय उदघाटन गर्नुलाई धेरैले संयोगमात्र मानेका छैनन् ।

पार्टी कार्यालय उदघाटनकै दिन उनले अमेरिकी सहयोगसम्बन्धी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) बारे धारणा प्रष्ट पारेका छन् । उनले एमसीसी यथास्थितिमा पारित गर्ने पक्षमा नभएको प्रष्ट पारेका हुन् ।

एमसीसीसमक्ष विभिन्न सात शर्त राखिएको बताए । उनले भने, ‘कुनै पनि सेक्युरिटी अम्ब्रेलामा बस्ने शर्त मान्य छैन,’ नेपालले भने, ‘एमसीसीमा कुनै सेक्युरिटी अम्ब्रेलामा बस्नुपर्ने शर्त छ भने हामीलाई मन्जुर छैन ।’

एमसीसीका निम्ति विगतका मन्त्रीहरुले सीमा नाघेर गएको र गर्ने नहुने ठाउँमा हस्ताक्षर गराएको भन्दै आलोचना गरे । उनले नेपाल असंलग्न परराष्ट्रनीति अबलम्बन गर्ने राष्ट्र भएकाले स्वीकार्य नहुने बताए ।

बौद्धिक सम्पत्तिमा नेपालको अधिकार, हाइटेन्सन लाइन बन्ने जग्गा नेपालको स्वामित्वमा रहने, एमसीसी परियोजानाको लेखा परीक्षणको विषयमा समेत शर्त रहेको उल्लेख छ । नपालले सात शर्त राखेपनि एमसीसीले संशोधन नहुने स्पष्ट पारिसकेको छ । यसबाट एमसीसी पास हुन चुनौती बढेको छ ।

माधव नेपालले एमसीसीतर्फ संकेत गर्दै गठबन्धन भत्काउने खेलहरु भइरहेको टिप्पणी गरे । उनले खुलेर नभनेपनि एमसीसी अस्त्र बनेर गठबन्धनविरुद्ध आएको आशयसहितको टिप्पणी गरेका हुन् ।-Photo: Mukunda Kalikote/Reportersnepal



प्रतिक्रिया दिनुहोस्

Screenshot