Logo

एमाले प्रचार विभाग बैठक सम्पन्न, भट्टराई प्रचार विभाग प्रमुख र ज्ञवाली प्रवक्ताको जिम्मेवारीमा



काठमाडौं, १ असोज । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को प्रचार विभागको बैठक सम्पन्न भएको छ । आज पार्टी मुख्यालय थापाथलीमा बसेसको प्रचार विभागको बैठकले प्रवक्ताको जिम्मेवारीमा प्रदीप ज्ञवाली रहने र प्रचार विभागको प्रमुखमा भने योगेश कुमार भट्टराई नै रहने जनाईएको छ । यसअघि एमालेमा प्रवक्तामा को रहने भन्ने विवाद थियो ।

हालै बसेको एमाले स्थायी कमिटी बैठकमा भट्टराईले पार्टीको प्रवक्तामा ज्ञवाली नै रहने र आफू प्रचार विभागमा रहने बताएका थिए । एमालेमा एकताको लागि दश बुँदे सहमति गराउन भट्टराईले महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् । पछिल्लो समय उनी जिल्ला दौडमा समेत निस्किएका छन् ।

उनले माधव नेपालले पार्टी विभाजनको औचित्य पुष्टि गर्न नसक्ने समेत दाबी गर्दै आएका छन् । र, माधव नेपालहरुले पार्टी विभाजनको औचित्य पुष्टि गर्न नसक्ने पनि दाबी गरेका छन् । तस्विर : रोशन खड्का/ट्वीटर

 



प्रतिक्रिया दिनुहोस्

Screenshot