Logo

प्रचण्ड जनकपुरमा, कार्यकर्तालाई प्रशिक्षण गर्ने



काठमाडौं, २ असोज । सत्तारूढ दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ जनकपुर पुगेका छन् । पार्टीका नेता तथा कार्यकर्ताहरुलाई प्रशिक्षण दिन उनी आज जनकपुर पुगेका हुन् ।

पार्टीले आयोजना गरेको प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा सहभागी हुन उनी आज अपरान्ह जनकपुर पुगेका हुन् । उनलाई जनकपुर एयरपोर्टमा नेता तथा कार्यकर्ताहरुले भव्य स्वागत गरेका थिए । उनीसँगै नेता मातृका प्रसाद यादव पनि गएका छन् ।

स्वागतका लागि प्रदेश २ का आन्तरिक मामिला तथा संचारमन्त्री भरत साह, राज्यमन्त्री रुबी कर्ण, संघीय सांसद बोधमाया यादवलगायतका नेता/कार्यकर्ता विमानस्थल पु्गेका हुन् । पछिल्लो समय अध्यक्ष प्रचण्डले पार्टीको संगठनलाई बलियो र सुदृढ बनाउनुपर्नेमा जोड दिँदै आएका छन् । file photo



प्रतिक्रिया दिनुहोस्