कर्मचारी संगठनको छाप र लेडर प्याड चोरी भयोः अध्यक्ष देवकोटा
काठमाडौं, ३ असोज । नेकपा एमाले निकट कर्मचारी संगठन नेपाल निजामती कर्मचारी संगठनको केन्द्रीय कार्य समितिको आठौ बैठकले माघ ७ र ८ गते राष्ट्रिय अधिवेशन गर्ने निर्णय गरेको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको आतिथ्यमा असोज २ गते सम्पन्न बैठकले ११औं राष्ट्रिय अधिवेशनबारे निर्णय गरेको हो ।
आज (आइतबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै संगठनले राष्ट्रिय अधिवेशनको आयोजनाबारे जानकारी दिएको हो । संगठनका अध्यक्ष केदार देवकोटाले अधिवेशनबारे जानकारी दिदै निजामती कर्मचारी संगठनको माइन्युट बुक, छाप, लेटर प्याड चोरी भएको जानकारी गराए ।
कार्यालयको सामानसहित केही जिम्मेवार भनिएका कर्मचारीहरु हराएको उनले बताए । उनले भने, ‘हराएका साथीहरु नै चोरीमा सम्लग्न भएका हुन् कि भन्ने आरोप लगाउन पर्ने अवस्था आएको छ । ८ प्रदेशको अधिवेशन गर्ने भनेर केन्द्रिय कमिटिको बैंठक बस्ने सल्लाह अनुसार निर्णयमा पुग्नु अगाडी नै कार्यालयबाट लेटरप्याड, माइन्युट बुक हरायो ।’
ती सामाग्री लगेर साथीहरुले एउटा कोठाबाट निर्णय परिर्वतन गरेको समेत उनले आरोप लगाए । कुनै पनि मिडियाहरु यस्ता कुराबाट भ्रममा नपर्न आग्रह गर्दै उनले भने, ‘म केदार देवकोटा आधिकारीक केन्द्रिय अध्यक्ष हु ।’ एक सय बढीको संख्यामा आएका नव प्रवेशी सदस्यहरुलाई केन्द्रिय समितिमा राखेको उनको भनाई थियो ।
सबै पेशामा रहेका कर्मचारीहरुको हकमा समान व्यवहार हुनुपर्छ भनेर आफुहरुले माग गरेको र घोषणा पत्रमा उल्लेख गरेको समेत बताए । उनले आफ्नो संयोजकत्वमा उपाध्यक्ष लेखनाथ कोइराला सह–संयोजक रहने गरी २७७ सदस्यीय राष्ट्रि«य अधिवेशन आयोजक समिति गठन गर्ने बैठकले निर्णय गरेको बताए । उनले जिल्ला/ विभागिय कार्य समितिहरु, प्रदेश कार्य समितिहरुको अधिवेशन मंसिर र पौष महिनाभित्र सम्पन्न गर्ने पनि निर्णय भएको जानकारी दिए ।
सह–संयोजक तथा बरिष्ठ उपाध्यक्ष लेखनाथ कोइरालाले निजामती कर्मचारी संगठन सबैभन्दा ठुलो संगठन भएको बताए । समितिको बैठक केही समय यता कोभिड लगायतका कारणले सुचारु हुन नसकेको बताए । असोज २ गते बैठक गरेर राष्ट्रिय भेलाको आयोजना गरेको बताए । उनले भने,‘ आठौ बैठकमा नेकपा एमालेका महासचिव ईश्वर पोखरेल, स्थायी सदस्यहरु रामबहादुर थापा, शंकर पोखरेल, केन्द्रीय सदस्य लालबाबु पण्डित र महेश बस्नेत लगाएत १४ सय बढी अगुवा कर्मचारी संगठनका कार्यकर्ता राष्ट्रिय भेलामा उपस्थित उपस्थित हुनु भएको थियो ।’
उनले केन्द्रीय समितिको बैठकले माग ७ र ८ गते ११औं अधिवेसन गर्ने आयोजक समिति बनाउने निर्णय गरेको समेत जानकारी दिए । पुर्व माओवादी संगठनका कर्मचारीहरु पनि नेपाल राष्ट्रिय कर्मचारी संगठनमा आवद्ध भएको उनले जिकिर गरे । उनले दुई संगठनको एकिकरण र समावेश हिजोको मुल सिद्धान्तको आधारमा भएको हुनाले त्यसै अनुसार बुझिदिन पनि सबैलाई आग्रह गरे । उनले भने,‘कसैलाई सम्मान गर्न नखोज्ने, उच्छुंखल गर्ने अराजक साथीहरु संगठनबाट टाढा भएर नेताहरुको पछि लागिरहनु भएको छ ।’ नेकपा एमाले चोइटिए पनि कर्मचारी संगठन नचौइटिने उनले दाबी गरे । अराजक साथीहरुलाई जाने हो भने बाटो खुल्ला भएको भन्दै कोइरालाले चेतावनी समेत दिए । नेकपा (एकिकृत समाजवादी) चुनाव पछि लोप हुँदै जाने उनले जिकिर गरे । कार्यक्रमको संचालन महासचिव प्रभाव साहले गरेका थिए ।
साथै बैठकले निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियनको केन्द्रीय कार्य समितिमा संगठनको सिफरिसमा रहेका उपाध्यक्ष, कोषाध्यक्ष तथा सदस्यहरुलाई फिर्ता बोलाएर अन्य सदस्यहरुलाई पठाउने समेत निर्णय संगठनले जारी गरेको बिज्ञप्तीमा उल्लेख गरिएको छ ।