Logo

कोरोनाबाट थप १२ संक्रमितको मृत्यु



काठमाडौं, ३ असोज । कोरोना संक्रमणबाट आज थप १२ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ११ हजार ४० पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

आज नेपालमा कोरोना भाइरसका ७ सय ३४ जना संक्रमित थपिएसंगै कुल संक्रमितको संख्या ७ लाख ८४ हजार ५ सय ६६ पुगेको छ । आज १० हजार १३ सय पिसीआर परिक्षणमा ७ सय ३४ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।

आज १४ सय १३ जना संक्रमणमुक्त भएका छन् । आजसम्म ७ लाख ४९ हजार २ सय १३ जना संक्रमणमुक्त भएको मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot