Logo

मुख्यमन्त्री भीम आचार्य र अष्टलक्ष्मीलाई माधव नेपालले केपी ओलीको प्युसाको संज्ञा दिए



काठमाडौं, ४ भदौ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले प्रदेश नम्बर १ र बाग्मती प्रदेशमा आफ्नो पार्टीको नेतृत्वमा सरकार बन्ने दाबी गरिरहेका छन् । एमालेको सरकार ढालेर नयाँ सरकार बनाउने कसरत भैरहेको बेलामा अध्यक्ष नेपालले यस्तो बताएका हुन् । उनले प्रदेश नम्बर १ र बाग्मती प्रदेशमा एमाले अध्यक्ष केपी शर्मा ओलीका प्युसोहरुको सरकार रहेको भन्दै तिखो टिप्पणी गरेका छन् ।

आज (आइतबार) पोखरामा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले भने,‘प्रदेश नम्बर १ र बाग्मती प्रदेशमा केपी ओलीका प्युसोहरुको सरकार छ । अब त्यहाँ एक हप्ताभित्र सरकार हटाएर हामी सरकारमा जान्छौं ।’ उनले केन्द्र सरकारमा पनि एक साताभित्रै आफ्नो पार्टी सहभागी हुने जनाए ।

file photo



प्रतिक्रिया दिनुहोस्