Logo

एश्वर्याको ‘पोन्नियिन सेलवन’ को सुटिङ सकियो, रिलिज कहिले हुने



एजेन्सी, ४ असोज । बलिउडकी चर्चित अभिनेत्री ऐश्वर्या राय चाडै नै तमिल फिल्म ‘पोन्नियिल सेवलन’ मा देखिदै छिन् । फिल्मको टिमले लकडाउनपछि फिल्मको सुटिङ सुरु गरेको थियो । अब भने फिल्मको सुटिङको काम सकिएको छ ।

ऐश्वर्याले आज सामाजिक सञ्जाल मार्फत एक पोस्ट गर्दै यस बारेमा जानकारी दिएकी हुन् । उनले फिल्म रिलिज कहिले हुने पनि बताएकी छिन् । पोस्टर शेयर गर्दै केही डिटेल्स पनि दिएकी छिन् । पोस्टरमा ऐतिहासिक फिल्म २०२२ मा गर्मीमा रिलिज हुने उल्लेख गरिएको छ ।

समाचार अनुसार फिल्मको अन्तिम सुटिङ पोलाचीमा भएको थियो । मणिरत्न र उनको टिमले शुक्रबार केही सिन्सको रेकर्ड गरेपछि पुरै फिल्मको सुटिङ पुरा गरेका हुन् ।

यो फिल्म कल्कि कृष्णमुर्तिद्धारा लेखिएको उपन्यासमा आधारित छ । फिल्ममा ऐश्वर्याको साथै जयम रवि, विक्रम, त्रिशा, शोभिता धुलिपाला लगायत कलाकारहरुको अभिनय देख्न सकिन्छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot