Logo

बजेट पारित भएपछि खर्चको बाटो खुल्यो



काठमाडौं, ४ असोज । नेकपा एमालेको नारावाजीकाबीच प्रतिनिधि सभाले संशोधित बजेट पारत गरेको छ । आज सभामुख अग्निप्रसाद सापकोटाले निर्णयार्थ प्रस्तुत गरी ध्वनी मतबाट बजेट पारित भएको घोषणा गरेका हुन् ।

यो आर्थिक वर्षको संशोधति बजेट १६ खर्ब ३२ अर्ब ८३ करोड रुपैयाँको छ । बजेट पारित नहुँदा देश चार दिनयता बजेटविहिनको अवस्थामा थियो ।

अब बजेट पारित भएको राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणिकरण गरी राजपत्रमा निस्किएपछि खर्चको बाटो खुल्नेछ । त्यसपछि कर्मचारीहरुको रोक्किएको तलब भत्ता खुल्नेछ । सरकारी कोषबाट तलब भत्ता पाउनेहरु केहीले बाहेक कसैले पनि भाद्रको तलब भत्ता पाएका छैनन् ।



प्रतिक्रिया दिनुहोस्