नवलपरासी, ४ असोज । छोराको लागि हरेक बुवा जस्तो सघर्ष गर्न पनि तयार हुन्छन् । तर, एक बुवाले भने मादक पद्धार्थ सेवन गरेर आफ्नै छोराको हत्या गरेका छन् । पाल्हिनन्दन गाउँपालिका १ रामपुरुवा बस्ने ३० वर्षीय जनिस चमारको कुटपिटबाट मृत्यु भएको हो ।
उनकै बुबा ४५ वर्षीय सिता रबिदास चमारले मादक पदार्थ सेवन गरी मुक्का प्रहार गर्दा गम्भीर घाइते भएका जनिसको चन्द्र अस्पताल परासीमा उपचारको क्रममा मृत्यु भएको जनाएको छ । जिल्ला प्रहरी कार्यालय समेतबाट खटिएको प्रहरीले रबिदासलाई नियन्त्रणमा लिएको बताएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।