Logo

तेह्रथुम पावरको शेयर रजिष्ट्रारमा नेपाल बंगलादेश क्यापिटल



काठमाडौं, ४ असोज । तेह्रथुम पावर कम्पनीले शेयर रजिष्ट्रारमा नेपाल बंगलादेश क्यापिटललाई नियुक्त गरेको छ । दुई कम्पनीबीच भदौ ३१ गते सम्झौता भएको कम्पनीले जनाएको छ ।

सम्झौतासँगै अब तेह्रथुमको शेयरसम्बन्धी कारोबारको रेकर्ड राख्ने, दाखिला खारेज, नामसारी, सेयर अद्यावधिक राख्ने लगायतका सम्पूर्ण कार्यहरु अब नेपाल बंगलादेश क्यापिटलले गर्ने भएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot